- आन्छुमे नसान
माङसेबुङ । लोकप्रिय निर्देशक लोकेन साँबा लिम्बूको निर्देशनमा लिम्बू समुदायको संस्कृतिमा आधारित लघुचलचित्र ‘खेदा’ युट्यूव मार्फत सार्वजनिक गरिएको छ ।
लिम्बू जातिको धाननाच प्रस्तुत गरिएको लघुचलचित्रमा धाननाचबाटै मन पराइएको युवायुवतीबीच विवाहका लागि लाने÷जाने संस्कृति समेत देखाइएको लघुचलचित्र ‘खेदा’ रुबुसा युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
चर्चित गायीका मनु नेम्बाङ र गायक सुमन लिम्बूको सुमधुर आवाजमा सजिएको पालामलाई समावेश गरिएको लघुचलचित्रमा बोजु पेन्सन थापेर आउँदा बुहारी ल्याइदिएको कथा समाबेश गरिएको छ ।
नेम खापुङ लिम्बूको शव्द संकलन तथा सुमन लिम्बूको लय संकलन रहेको पालाममा संगीत संयोजन अशोक लोहोरुङ राईको रहेको छ । यसैगरि मनु र सुमनलाई गायक गायीकाहरु भीम सेनेहाङ लिम्बू, रुकमान लिम्बू, निरन्ता नेम्बाङ, दीपा सुहाङ, दिवस पयाङगु लिम्बू, रोजिना थेगिम लिम्बूले पालाममा साथ दिएका छन् ।
रुकमान लिम्बू र सबनम साँबा लिम्बूको मुख्य अभिनय रहेको लघुचलचित्रमा यासेली योङ्हाङ लिम्बू, मनु थक्लुङ लिम्बू, नैना कला आङदेम्बे, नाम्लिङ अख्राबो लिम्बू, निर्मला तावा, नितुरानी नेम्बाङ, बतिमाया चोङ्बाङ, बुद्धमति लिम्बू, कृष्णमाया लिम्बू, भिम सेनिहाङ लिम्बू, दिपा सुहाङ, जेपि नेम्बाङ लिम्बू, भिम सागर मादेम्बा लिम्बू, उदय बेधा लिम्बू, रेसमा लिम्बू, सुमन लिम्बू, मनु नेम्बाङ, इन्दिरा हुक्पा चोङ्बाङ लिम्बू, मन कुमार वनेम लगायतले अभिनय गरेका छन् ।
याक्थुङ केलाङ समूह र फेदाप केलाङ समूह को केलानङ नृत्य रहेको लघुचलचित्र ‘खेदा’को अर्को भाग समेत चाडैं निर्मा गर्नै निर्देशक लोकेन साँबा लिम्बूले बताए ।
यसैगरि निर्देशक साँबाले यस लघुचलचित्र निर्माणमामा विभिन्न बिधामा रहेर सहयोग गर्नु हुने सबैलार्ई धन्यवाद दिएका छन् ।
बुद्ध थापाको छायाँकन तथा विकास दाहालको सम्पादन रहेको लघुचलचित्रको लागि पटकथा सम्वाद देवेन्द्र खापुङ सुर्केली, सबटाइटल डिबी आङबुङ लिम्बूले गरेका हुन् । ड्रेस डिजाइन तेह्रथुमे बुटिक, सेमिमा कलेक्सन माङ्गेन्ना ढाका पसलले गरेका छन् ।
भिडियो हेर्नुहोस