देउकृष्ण देवानकोे निर्देशनमा पूर्वेली गीत ‘डाँडा बजार’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख ११, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउकृष्ण देवानकोे निर्देशनमा पूर्वेली गीत ‘डाँडा बजार’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । पछिल्लो समय म्युजिक भिडियो निर्देशनमा व्यस्त रहेका निर्माता तथा निर्देशक देउकृष्ण देवान लिंखा याख्खाको निर्देशनमा पूर्वेली लोक भाकामा सजिएको बिल्कुलै नयाँ गीत ‘डाँडा बजार’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

साहित्यकार तथा गीतकार चारखोले शिशिर(शिशिर लिङदम) को शव्द संकलन तथा संगीतकार चित्र याख्खाको लय संकलन रहेको पूर्वेली गीत ‘डाँडा बजार’ युमा आर्ट्स युट्यूव च्यानलमार्फत शुक्रवार सार्वजनिक गरिएको हो ।

नेपाली चलचित्र ‘तारेभीर’ का निर्माता तथा कलाकार समेत रहेका साथै दर्जनौ म्यूजिक भिडियो निर्देशन गरिसकेका देउकृष्ण याख्खाकै कोरियोग्राफी समेत रहेको भिडियोमा रेखा लिम्बू, देवेन्द्र लिम्बू, युमन लिम्बू र सुनिता सन्यक लिम्बूले अभिनय गरेका छन् ।

लोकप्रिय गायक देवेन्द्र लिम्बू र लोकप्रिय गायीका सुनिता सन्यक लिम्बूको आवाजमा धनकुटाको डाँडा बजार लाप्चे टारको वयाण गर्न खोजिएको गीतको भिडियोलाई धनकुटाको डाँडा बजार लाप्चे टार, राजारानी, धरान र कोसी नदीको किनार आसपासका सुन्दर एवम् रमणीय स्थलहरुमा छायाँकन गरिएको छ ।

लोकप्रिय गायक डीवी लिम्बूू र लोकप्रिय गायीका हिमानी फेवन लिम्बूको समेत आवाज रहेको ‘डाँडा बजार’ गीतको भिडियोमा पूर्वी नेपालमा बसोबास गर्ने आदिवासी लिम्बु समुदायको सांस्कृतिक पहिचानलाई प्रस्तुत गरिएको छ ।

पहिलो भेटमै सुटुक्कै मनमा बसाएर मनमनै मन पराएको मायालुको कल्पनामा डुबुल्की मारेको प्रेमिल दृश्यहरु प्रस्तुत गरिएको भिडियोमा प्रेमिल कथामा निर्देशन गर्न अव्वल देखिएका निर्देशक देवान सफल भएका छन् ।

आधुनिक देवान (भूमिराज) र पद्मा माया लिम्बू (सीता राई)को समेत अभिनय रहेको भिडियोमा देवराज सिग्देलको सहायक छायाँकन, कृष्ण सुबेदी र असोक मण्डलको मेकअप, सुमन तामाङको छायाँकन रहेको भिडियोमा बिकास दाहालले कलरिङ तथा सम्पादन गरेका छन् ।

म्यूजिक मिडिया धरानमा रकेर्डिङ गरिएको गीतको संगीत संयोजन राम कार्की र मिक्सिङ कुमार सानु पुनले गरेका छन् ।

कला र गीत संगीत भन्ने बितिकै हुरुक्कै हुने मौलिक कला र सँस्कृतिलाई सदैव माया गरिरहने बताउने कोरियोग्राफर तथन निर्देशक देवान आगामी दिनहरुमा दर्शक/श्रोतामाझ अझै उत्कृष्ट चलचित्र तथा म्युजिक भिडियोहरु ल्याउने बताउछन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर