नेपाली कांग्रेसको तल्लो तहका सबै अधिवेशन स्थगित - Mangsebung News
  • बुधबार, बैशाख १२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाली कांग्रेसको तल्लो तहका सबै अधिवेशन स्थगित

काठमाडौं । नेपाली कांग्रेसको साउन १२ गते हुने वडा तहका अधिवेशन लगायत सबै तहका अधिवेशन स्थगित भएका छन् ।

आज (शनिबार) बसकेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सबै तहका अधिवेशन स्थगनको निर्णय गरेको हो ।

प्रधानमन्त्री एवम् पार्टी सभापति शेर बहादुर देउवाको निवासमा बसेको पदाधिकारी बैठकले अधिवेशनको अर्को कार्यतालिका नबन्दासम्म सबै कार्यक्रम स्थगित गर्ने निर्णय गरेको छ ।

केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुननरसिंह केसीले जानकारी दिए ।

वडा अधिवेशन तोकिएको १२ गते क्रियाशील सदस्यता छानबिन समितिले केन्द्रीय समितिलाई आफ्नो प्रतिवेदन बुझाउने केसीले बताए ।

यसैगरि सदस्यता विवाद टुंगो नलागेको र तल्ला तहका अधिवेशन समेत स्थगित भएपछि महाधिवेशनको विकल्पका बारेमा समेत छलफल सुरु भएको छ ।

कांग्रेसको महाधिवेशन भदौ दोस्रो साता तोकिएको छ ।

सम्बन्धित खवर