आन्छुमे नसानको निर्देशनमा पालाम ‘सुम्वादो यङघङ’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख १२, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आन्छुमे नसानको निर्देशनमा पालाम ‘सुम्वादो यङघङ’ सार्वजनिक (भिडियो सहित)

माङसेबुङ । गीतकार तथा निर्देशक आन्छुमे नसानको निर्देशनमा लिम्बू संस्कृतिमा आधाराति पालम ‘सुम्वादो यङघङ’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

लोकप्रिय गायीका तथा मोडल स्वस्तिका सावादेन लिम्बू, लिलाहाङ लाओती लिम्बू, प्रकाश सावादेन लिम्बू र देविका बुङछेन राई सावदेनको अभिनय रहेको पालाम ‘सुम्वादो यङघङ’ माङसेबुङ म्यूजिक भिडियो युट्यूव च्यानलमार्फत शनिबार सार्वजनिक गरिएको हो ।

सन्चहाङ सङबाङफेको श्वद, लय तथा स्वरमा तिर्थ लिम्बूले साथ दिएको पालाममा जमुना नेम्बाङ लिम्बू, एमिका तिगेला लिम्बू, देवराज आङदेम्बे लिम्बू, सेसे योङहाङ लिम्बु, अन्जु सोङमी लिम्बू, कुसुम लक्सम लिम्बू, सेसेहाङ सेर्मा, सन्च सङबाङफे लिम्बू, नरमाया सेनेहाङ लिम्बू, मनमाया चेम्जोङ लिम्बू, भगिरथी पुलामी मगर, सिता खजुम, खरजित केरुङ, डिबी चेम्जोङ, बलबीर लाओती, जोगहाङ थेगिम, कुण्डलसिं आङदेम्बे, मनमाया सेर्मा, सन्चमाया इधिङगो, दिलमाया चेम्जोङ र टेकबहादुर आङदेम्बे लगायतले अभिनय गरेका छन् ।

म्युजिक मिडिया धरानमा रेकर्डिङ गरिएको पालामको संगीत संयोजन जीवन राईको रहेको छ भने रेकर्डिङ तथा मिक्सिङ मास्टरिङ विजय श्रेष्ठले गरेका हुन् ।

लिम्बू संस्कृतिमा धान नाच्दा नाच्दै मन परापर भएपछि माया बस्छ र बिहे हुन्छ भन्ने मौलिक संस्कृतिलाई उजागर गरिएको भिडियोमा धान नाच, प्रेम र विबाह अनि सामाजिक रहनसहनलाई प्रस्तुत गरिएको छ ।

माङसेबुङ आसपासमा छायाँकन गरिएको भिडियोमा हेमराज चेम्जोङको छायाँकन, भुमी लाओतीको क्रिउ र नाम्बिनहाङ लिङदेनको ड्रोन तथा सम्पादन रहेको छ ।

पालाम हेर्नुहोस

 

सम्बन्धित खवर