- आन्छुमे नसान
माङसेबुङ । पछिल्लो समय दर्शक र स्रोताहरुको ढुकढुकी बनेर गीत संगीतमा छाइरहेकी लोकप्रिय गायीका सुनिता थेगिम लिम्बू र द भ्वाईस अफ नेपाल सिजन २ का फाइनलिष्ट बिकास तुम्बापो लिम्बूको सुमधुर आवाजमा सजिएको रोमान्टिक प्रेमिल लिम्बू गीत ‘मिम्जिरे मिम्’ युट्यूव मार्फत सार्वजनिक गरिएको छ ।
गीतकार तथा संगीतकार हाङपाल आङबुहाङको शव्द तथा संगीतमा सजिएको रोमान्टिक प्रेमिल लिम्बू गीतको लिप्सिङ भिडियो ‘मिम्जिरे मिम्’ नेसुन अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
धर्ति आकाश रहेसम्म, सास रहेसम्म हाम्रो माया कहिल्यै मर्दैन, मृत्यूका कारण मरिगए छुट्नु परेपनि फेरि भेट हुन सकोस शव्दभावहरु कैद गरिएको मनैछुने यस लिम्बू गीतको संगीत संयोजन देवेश राईले गरेका हुन् ।
सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईको रहेको छ भने, भिडियोमा लिब्जु कलेक्सन र तेह्रथुमे ढाकाको पहिरन रहेको छ ।
लिम्दुमी क्रिएशनको स्टुडियोमा छायाँकन गरिएको लिप्सिङ भिडियोलाई इसाक जबेगुले छायाँकन तथा सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस