चापेती आमा अभिनित यादन सेर्माको ‘ताङसाङ नु खाम्बेक’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

चापेती आमा अभिनित यादन सेर्माको ‘ताङसाङ नु खाम्बेक’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लिम्बू तथा नेपाली गीत संगीतमा लामो समयदेखि छाईरहेका बहुप्रतिभाशाली मेलोडियस गायक, गीतकार तथा संगीतकार यादन सेर्मा ‘नुनाम’को आवाजमा सजिएको लिम्बू भाषाको मर्मस्पर्शी ‘ताङसाङ नु खाम्बेक’ युट्यूवबाट सार्वजनिक गरिएको छ ।

गीतकार दर्पण सेर्माको शव्दभावहरुमा संगीतकार मिलन सेर्माको संगीतमा सजिएको पुष्पान्जली तिलिङ मादेन ‘चपेतीको आमा’ र यादन सेर्माद्वारा अभिनित लिम्बू भाषाको मर्मस्पशी ‘ताङसाङ नु खाम्बेक’ भिडियो गायक यादन सेर्मा लिम्बूकै अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

पे्रममा मनपराएको मायालुसँग छुट्नु परेपछि मायालुको यादमा छटपटिदापनि मायालु सधैं खुशी चाहेको इच्छा व्यक्त गरिएको भावहरु समावेश गरिएको गीतको संगीत संयोजन पदम राजन मगरले गरेका हुन् ।

सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोलाई भने कृष्ण थलङ लिम्बूले छायाँकन तथा सम्पादन गरेका हुन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर