उपेन्द्र यादवको पक्षमा जसपाको आधिकारिकता - Mangsebung News
  • बुधबार, बैशाख २६, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

उपेन्द्र यादवको पक्षमा जसपाको आधिकारिकता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को आधिकारितासम्बन्धी विवादको फैसला निर्वाचन आयोगले उपेन्द्र यादवको पक्षमा सुनाएको छ ।

सोमबार निर्वाचन आयोगमा जसपाको उपेन्द्र यादव र महन्थ ठाकुर पक्षमा सशरीर उपस्थित भएर हस्ताक्षर सनाखत गराउँदा उपेन्द्र यादवको पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य देखिएसँगै यादव पक्षलाई नै आधिकारिता दिएको हो ।

आयोगले यादवलाई आधिकारिता दिइएको बारे २२ बुँदे फैसला सुनाउँदै महन्थ ठाकुरलाई नयाँ नामसहित आयोगमा पार्टी दर्ताका लागि आउन समेत भनिएको छ ।

५१ सदस्यीय समितिमध्ये रेशम चौधरी तटस्थ बसेका थिए । पक्ष विपक्षमा भएका ५० जनामध्ये यादवको पक्षमा ३४ जना र ठाकुरको पक्षमा १६ जना कार्यकारिणी सदस्यले हस्ताक्षर गरेका थिए ।

 

सम्बन्धित खवर