दिपा र दिवसको पालाम ‘मिम्जी फुङ’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

दिपा र दिवसको पालाम ‘मिम्जी फुङ’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । राज आङबोको शव्द संकलनमा लोकप्रिय गायक गायीकाहरु दिपा सुहाङ, दिवस पयाङगु, सुमन लिम्बू, निरन्ता नेम्बाङ र रोजिना थेगिमको सुमधुर आवाजमा सजिएको पालाम ‘मिम्जी फुङ’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा दिपा सुहाङ, दिवस पयाङगु, सुमन लिम्बू, निरन्ता नेम्बाङ, नितु मादेन, जेपी नेम्बाङ, संगीता सुहाङ र बिकास पयाङगुको अभिनय रहेको पालाम भिडियो ‘मिम्जी फुङ’ गायीका दिपा सुहाङको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

भ्वाईस अफ नेपाल स्टुडियोमा रेकर्ड गरिएको पालामलाई रेकर्डिङ, मिक्सिङ तथा मास्टरिङ दीप घतानीले गरेका हुन् ।

दिपा सुहाङ अफिसियल प्रस्तुतिमा लिम्बू संस्कृतिमा आधारित धान नाचलाई आकर्षक ढंगले प्रस्तुत गरिएको पालाम भिडियोलाई इसाक जवेगुले छायाँकन, सम्पादन तथा कलरिङ गरेका हुन् ।

पालाम हेर्नुहोस

सम्बन्धित खवर