आगामी शैक्षिक सत्रमा कक्षा ४, ७ र ९ को पाठ्यक्रम परिवर्तन हुदै - Mangsebung News
  • बिहिबार, चैत १५, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

आगामी शैक्षिक सत्रमा कक्षा ४, ७ र ९ को पाठ्यक्रम परिवर्तन हुदै

काठमाण्डौ । कक्षा ४, ७ र ९ को अनिवार्य विषयको पाठ्यक्रम आगामी शैक्षिक सत्र २०७९ मा परिवर्तन हुने भएको छ ।

कक्षा ४, ७ र ९ को अनिवार्य अंग्रेजी, नेपाली, गणित र सामाजिक अध्ययन र स्वास्थ्य तथा शारीरिक शिक्षाको पुस्तक पाठ्यक्रम विकास केन्द्रले तयार गरेको छ ।

केन्द्रले त्यसका लागि सातै प्रदेशका ७६ विद्यालयमा परीक्षण शुरु गरेको छ । केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले सातै प्रदेशका छनोटमा परेका विद्यालयमा परीक्षण शुरु गरिएको जानकारी दिए ।

केन्द्रले एक सातादेखि छनोटमा परेका विद्यालयमा पुस्तक पु¥याउने काम शुरु गरेको छ । तीनैवटै कक्षाको पुस्तक जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा छपाइ गरिएको हो ।

जनक शिक्षाका प्रबन्ध सञ्चालक अनिलकुमार झाले कक्षा ९ बाहेक कक्षा ४ र ७ को सबै छपाइसकिएको र कक्षा ४ र ७ को पुस्तक तोकिएका प्रदेशका जिल्लास्थित विद्यालयमा पठाइरहेको जानकारी दिए ।

सम्बन्धित खवर