इसाक जवेगुद्वारा निर्देशित लघुचलचित्र ‘तरेमा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • मङ्गलबार, कार्तिक ११, २०८३
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

इसाक जवेगुद्वारा निर्देशित लघुचलचित्र ‘तरेमा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । छायाँकन तथा सम्पादनमा स्थापित बहुप्रतिभाका धनि निर्देशनमा समेत ख्याति कमाएका निर्देशक इसाक जवेगुको निर्देशनमा लिम्बू कथानक लघुचलचित्र ‘तरेमा’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।

खगेन नेयोङहाङ, सृष्टि खापुङ ‘लोजीफुङ’, जीवन बायुङ, इक्साहाङ चेम्जोङ, थसुली र अनिस लावतीको दमदार अभिनय रहेको लिम्बू कथानक लघुचलचित्र ‘तरेमा’ इसाक जवेगु अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

इसाक जवेगुको छायाँकन तथा सम्पादनमा कवि तथा लेखक राज माङलाकको कविता संग्रह ‘लिम्बूनी गाउँबाट’ ‘तरेमा’ कवितालाई पटकथामा तयार गरि निर्माण गरिएको लघुचलचित्रमा चार, पाँच दशक अगाडीको लिम्बूवान पान्थरको तरेमा तरेबाको कथा आकर्शक ढंगले प्रस्तुत गरिएको छ ।

लिम्बूहरुको परम्परागत शैलि, लवज र संस्कृति झल्काउने रोचक सम्बाद समेत समाबेश गरिएको लघुचित्रमा धान नाच्दा नाच्दै माया प्रेम बसेपछि तरेमाले तरेबालाई चिनो प्रदान गरेको लोभलाग्दो दृश्य र तरेबा तरेमाको सम्बादले लघुचलचित्रलाई थप रोमाञ्चक बनाएको छ ।

लघुचलचित्रमा मेला बजारमा ऐतिहासिक तथा लोकप्रिय मानिएको काठे रोटेपिङको समेत दृश्य समावेश गरिएको छ ।

भिडियो हेर्नुहोस

https://www.youtube.com/watch?v=OniNywXEYC8

सम्बन्धित खवर