कांग्रेस क्रियाशील सदस्यता विवाद शीर्ष नेताको जिम्मा - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कांग्रेस क्रियाशील सदस्यता विवाद शीर्ष नेताको जिम्मा

काठमाडौं । नेपाली कांग्रेसले बाँकी रहेको क्रियाशील सदस्यता विवाद पाँच दिनभित्र मिलाउने जिम्मा शीर्ष नेताहरुले लिएका छन् ।

क्रियाशील सदस्यता छानविन समितिले मिलाउन नसकेका बारा, सप्तरी, धनुषा क्षेत्र नम्बर ४, सर्लाही क्षेत्र नम्बर २ तथा सिन्धुपाल्चोक र रसुवाको विवाद शीर्ष नेताहरुले समाधान खोज्ने भएका हुन् ।

बिहीबार सभापति शेरबहादुर देउवाको निजी निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकमा विवादको विषय शिर्ष नेतृत्वले मिलाउने छलफल भएको समिति संयोजक रमेश लेखकले जानकारी दिए ।

समिति सदस्य प्रदीप पौडेलका अनुसार बुधबार थपिएको २४ घण्टाको समयमा समितिले करिव १० वटा वडाको समस्या समाधान गरेको छ ।

जसमा कैलाली, धादिङ, हेटौडा लगायका जिल्ला रहेका छन् । समितिले एक सय वडाको समस्या समाधान गर्न नसकेको पौडेलले बताए ।

क्रियाशील छानबिन समितिले दोस्रो पटक प्रतिवेदन बुझाउँदै ४ जिल्लाको समस्या समाधान नभएको शिर्ष नेतृत्वलाई जानकारी गराएको छ ।

सम्बन्धित खवर