- आन्छुमे नसान
माङसेबुङ । लोकप्रिय गायक कुसल थलङ लिम्बूको आवाजमा सजिएको मर्मस्पर्शि गीत ‘सयौं जुनी’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
गीतकार एस.पी. निङलेकुको शव्द तथा गायक कुसल थलङकै संगीतमा कुसल थलङ, इसिका जबेगु र युवाहाङ राईको अभिनय रहेको गीत ‘सयौं जुनी’ भिडियो गायक कुसल थलङको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
किङगस्टुडियोमा रेकर्डिङ गरिएको राजु कार्कीको संगीत संजोजन रहेको गीतको भिडियोलाई कृष्ण थलङले छायाँकन तथा सम्पादन गरेका हुन् ।
भिडियो हेर्नुहोस