- आन्छुमे नसान
माङसेबुङ । लिम्बू गीत संगीतमा ख्याति कमाएका गीतकार सुवर्ण नेम्बाङको शव्द संकलनमा सजिएको पालाम ‘मिम्जिमा ए’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
गायक देवेन्द्र हुक्पा चोङबाङ, गायक डि.बी. लिम्बू, गायीका इन्दिरा नेम्बाङ र गायीका अनुसा नेयोङ को सुमधुर आवाजमा सजिएको पालाम ‘मिम्जिमा ए’ मुकुम्लुङ दर्पण टिभी युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
देवेन्द्र हुक्पा चोङबाङको निर्देशन रहेको भिडियोमा देवेन्द्र हुक्पा चोङबाङ, सरिता निङलेकु, गणेश वनेम, कर्ण सम्बाहाम्फे, दीप केरुङ, कमल थेगिम, मदन वनेम माङसाहाङ, सविन लिम्बू, याम आङबुहाङ लिम्बू, राधा फोम्बो, निर्मला सुहाङ, सामना फोम्बो, कृष्ण कला आङबुहाङ, गौमति कुरुम्बाङ, चित्र कुरुम्बाङ र धनमाया थोप्रा लगायतले अभिनय गरेका छन् ।
टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको पालामलाई म्यूजिक मिडिया धरानमा विजय श्रेष्ठले रेकर्डिङ गरेका हुन् ।
चोङबाङ पोष्ट प्रडक्सनमा कृष्ण सुबेदीको मेकअप, कुसल, नबिन र गणेशको छायाँकन रहेको भिडियोको सम्पादन तथा कलरिङ शिरकुमार साम्पाङ राईले गरेका हुन् ।
पालाम हेर्नुहोस