- आन्छुमे नसान
माङसेबुङ । पछिल्लो समय एक पछि अर्को गीत पस्किरहेकी लोकप्रिय गायीका सुनिता थेगिम लिम्बू र लोकप्रिय गायक तानाम तान्छो लावतीको सुमधुर आवाजमा सजिएको गीत ‘आन्छी मिम् आफाल्लाङ मेसिनेन’ सार्वजनिक गरिएको छ ।
गीतकार साइमान लिम्बूको शव्द तथा लोकप्रिय गायक तथा संगीतकार जेपी नेम्बाङको संगीतमा सजिएको गीत ‘आन्छी मिम् आफाल्लाङ मेसिनेन’ भिडियो मंगलबार नखिपोटस्थित युङ्चा रेष्टुरेन्टमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।
भौतिक शरिरले छोडेर गएपनी ‘हाम्रो माया कहिल्यै मर्दैन’ भन्ने भाव बोकेको गीतको भिडियोलाई निर्देशक हाङ चेम्जोङको निर्देशन गरेका हुन् ।
कहिल्यै नुछुटिने माया गाँसेपनि परिस्थितिबस अर्कै संग सम्बन्ध गाँसेपछिको पिडा प्रस्तुत गरिएको भिडियोमा विमला खजुम लिम्बू, साइमन लिम्बू, तानाम तान्छो लाओती, झरना लिम्बूले अभिनय रहेको भिडियो रीता फोम्बो ठुली अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।
टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको गीतको भिडियोमा सोम मगरातीको मेकअप, नगिन धिमालको ड्रोन रहेको छ भने तिलक रिजालको छायाँकन तथा अनिल रानाको सम्पादन रहेको छ ।
भिडियो हेर्नुहोस