निर्वाचन आयोगद्वारा ४१ राजनीतिक दलको दर्ता खारेज - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

निर्वाचन आयोगद्वारा ४१ राजनीतिक दलको दर्ता खारेज


काठमाडौं । निर्वाचन आयोगले दर्ताभएका विभिन्न ४१ वटा राजनीतिक दललाई खारेज गरिदिएको छ ।

मंगलबार बसेको आयोगकको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो ।

अब आयोगमा ९५ वटा दलको मात्र दर्ता कायम रहनेछ । आयोगले खारेज गरिदिएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना समेत तोकेको छ ।

जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारी र सदस्यहरुले निर्वाचन आयोगमा दर्ता कामय रहेका अन्य राजनीतिक दलको पदाधिकारी बन्न नपाउने समेत निर्णय गरेको छ ।

यसैगरी आयोगका अनुसार दर्ता खारेज भएका दलहरूको नाम, झण्डा र चुनाव चिन्ह एक वर्षसम्म अरु कुनै दलले प्रयोग गर्न पाउने छैनन् ।

खारेज भएका दलहरूको सूची हेर्नुहोस

सम्बन्धित खवर