डा. विष्टले दिए नेपाल टेलिभिजनको अध्यक्ष पदबाट राजीनामा - Mangsebung News
  • शुक्रबार, बैशाख २८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

डा. विष्टले दिए नेपाल टेलिभिजनको अध्यक्ष पदबाट राजीनामा

काठमाडौं । नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले राजीनामा दिएका छन् ।

बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई विष्टले राजीनामा दिएका हुन् । मन्त्रालयको नेतृत्व अहिले स्वयं प्रधानमन्त्रीले गरिरहेका छन् ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले चार वर्षका लागि विष्टलाई अध्यक्ष नियुक्त गरेको थियो ।

विष्टको कार्यकालमा नेपाल टेलिभिजनका प्रादेशिक प्रसारण सुरु हुनुका साथै सबै च्यानलाई एचडी प्रविधिमा लगिएको थियो । उनको कार्यकालमा निरन्तर घाटामा रहेको नेपाल टेलिभिजनले उल्लेख्य कमाइ गरेको थियो ।

सम्बन्धित खवर