द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरलाई

काठमाडौं । सिङ्गिङ् रियालिटी शो द भ्वाइस अफ नेपाल सिजन ३ को उपाधि किरण गजमेरले चुमेका छन् ।

शनिबार राती भएको फिनालेमा अन्य तीन प्रतिस्पर्धीलाई भोटका आधारमा पछि पार्दै गजमेरले उपाधि रचुमेका हुन् । उपाधि चुमेसँगै उनले ट्रफी र नगद २५ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

अमेरिकाबाट भ्वाइसकै लागि भनेर नेपाल आएका किरण ‘भ्वाइस अफ नेपाल’कै लागि आठमहिनादेखि नेपालमा छन् ।

झापाको खुदुनाबारी शिविरमा रहेकै बेला सन् २००५ मा पहिलो बाल गीत रेकर्ड गराएका किरणले ‘रातको चन्द्रमालाई’ बोलको गीत गाएपछि चर्चामा आएका थिए ।

किरणले यसबीचमा ‘राधा’, ‘साढे सात’ लगायत चलचित्रमासमेत स्वर दिइसकेका छन् । उनले यसअघि इमेज एफएम, कालिका एफएमलगायत चर्चित अवार्डहरू हात पारिसकेका थिए ।

यो प्रतियोगितामा दीप श्रेष्ठको टीमबाट प्रतिनिधित्व गर्दै आर्यन तामाङ, राजु लामाको टीमबाट प्रतिनिधित्व गर्दै तारा श्रीसमगर, प्रमोद खरेलको टीमबाट प्रतिनिधित्व गर्दै किरण गजमेर र तृष्णा गुरुङको टीमबाट प्रतिनिधित्व गर्दै ज्वाला राई फाइनलमा पुगेका थिए ।

फाइनालिष्टको उपाधि ज्वाला राई, आर्यान तामाङ र तारा श्रीसमगर पाएका छन् ।

सम्बन्धित खवर