- आन्छुमे नसान
माङसेबुङ । चर्चित गायक राई ईज किङग् राजेश पायल राई र लोकप्रिय गायीका सिर्जना जवेगुको सुमधुर आवाजमा पुर्वेली भाकामा सजिएको गीत ‘पालाम भाकैमा’ युट्यूवमार्फत सार्वजनिक गरिएको छ ।
लोकप्रिय गीतकार नेम खापुङको शव्द संकलनमा लोकप्रिय गायक तथा ,संगीतकार कृष्णभक्त राईको लय संकलन तथा संगीत संयोजन रहेको पुर्वेली गीत ‘पालाम भाकैमा’ स्टुडियो भिडियोलाई गायीका सिर्जना जवेगुको अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
दलनारायण खापुङको निर्माणमा तयार पारिएको पुर्वीय लिम्बूवानमा अवस्थित लिम्बू भाषा, पालाम भाका, मुन्धुम र संस्कृतिमा आधारित ऐतिहासिक स्थलहरु तथा संस्कृतिको बयान गरिएको पुर्वेली गीतको स्टुडियो भिडियो छायाँकन तथा सम्पादन इशाक जबेगुले गरेका हुन् ।
सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतलाई पदम राजन मगरले रेकर्डिङ गरेका हुन भने मिक्सिङ मुस्कान मुकारुङ राईले गरेका हुन् । भिडियोमा थोक्फेला गार्मेन्ट प्रालिको पहिरन रहेको छ ।
भिडियो हेर्नुहोस