- आन्छुमे नसान
माङसेबुङ । राई इज किंग को उपाधि प्राप्त बहु चर्चित गायक राजेशपायल राई र पछिल्लो समय एक पछि अर्को चर्चा बटुली रहेकि लोकप्रिय गायीका सुनिता थेगिमको सुमधुर आवाजमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘माया हजुर २’ सार्वजनिक गरिएको छ ।
इसाक जवेगुको निर्देशनमा गीतकार डा सुमाया राईको शब्द संकलन तथा पछिल्लो समयमा पूर्वेली लोक संगीतमा जम्दै गरेका लोकप्रिय संगीतकार डि आर अटुको संगीतमा सजिएको पुर्वेली गीत ‘माया हजुर २’ लिम्दुमी क्रिएशन अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
पूर्वेली कला र संस्कृतिबारे बयाण गरिएको मौलिकपन अनि पुर्वेली परिवेशको आभाष दिलाउने गीतको भिडियोमा गायक राजेशपायल राई र गायीका सुनिता थेगिमको अभिनय रहेको छ भने छायाँकन तथा सम्पादन इसाक जवेगुले गरेका हुन् ।
राजु कार्कीको संगीत संयोजनमा किंग स्टुडियोमा रेकर्ड गरिएको गीतलाई सुरेश राईले रेकर्डिङ गरेका हुन् भने मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका हुन् ।
भिडियो हेर्नुहोस