- आन्छुमे नसान
माङसेबुङ । साँस्कृतिक मुलक भिडियो निर्देशनमा माहिर निर्देशक दिनेश माङमुको निर्देशन तथा कोरीयोग्राफीमा मौसम इम्बुङ (फुलेन्देको बाउ), बिमला खजुम, सोनु थक्लुङ मेन्याङबो र कुसल थलङ अभिनित मारुनी भाकाको पुर्वेली गीत ‘दूई दिने चोला’ सार्वजनिक गरिएको छ ।
गीतकार एस.पी.नेम्बाङ (मनयात्री) को शव्द तथा संगीतकार डि.आर.अटुको संगीतमा चर्चित गायक कुसल थलङ र चर्चित गायीका मेलिना राई र गायक सुमन नेम्बाङको सुमधुर आवाजमा सजिएको गीत ‘दूई दिने चोला’ भिडियो गायक कुसल थलङको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
बिष्णु मोक्तानको परिकल्पना तथा सहनिर्देशनमा करिश्मा क्षेत्री, कृति मिभक र निश्चल कुलुङको समेत अभिनय रहेको भिडियोमा महेश सिग्देलको मेकअप, शिरकुमार साम्पाङ राईको छायाँकन तथा अनिल रानाको सम्पादन रहेको छ ।
राजु कार्कीको संगीत संयोजनमा लिम्दुमी क्रिएशन डिजिटल स्टुडियोमा रेकर्डिङ गरिएको गीतलाई राजु कार्कीलेनै मिक्सिङ तथा मास्टरिङ गरेका हुन् ।
भिडियो हेर्नुहोस