लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

लुम्बिनीका मुख्यमन्त्री पोखरेलद्वारा राजीनामा

काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजीनामा दिएका छन् ।

मुख्यमन्त्री पोखरेलले प्रदेशसभामा आफूविरुद्ध अविश्वासको प्रतावमाथि छलफल र निर्णय गर्न बोलाइएको विशेष अधिवेशन सुरु हुन अगावै राजीनामा दिएका हुन् ।

विपक्षी गठबन्धनले माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीलाई भावी मुख्यमन्त्रीका रुपमा प्रस्ताव गरेका छन् ।

८७ सदस्य रहेको लुम्बिनी प्रदेशमा कारबाही र राजीनामा प्रकरणपछि ८० सदस्यमात्र छन् । बहुमतका लागि ४१ सदस्य आवश्यक पर्छ ।

विपक्षी गठबन्धनमा कांग्रेसका १९, माओवादीका सभामुखसहित १९, जनता समाजवादीका ३ र जनमोर्चाका १ गरी ४२ सदस्य छन् । सत्ता पक्षमा एमालेका ३८ जना मात्र छन् ।

लुम्बिनी प्रदेशको विशेष अधिवेशन आज दिउँसो १ बजेका लागि बोलाईएको छ ।

 

सम्बन्धित खवर