- आन्छुमे नसान
माङसेबुङ । कोकिल आवाजकी धनि लोकप्रिय गायीका सीता सिंगक लिम्बुको मनछुने आवाजमा मर्मस्पर्शी आधुनिक गीत ‘विश्वास’ सार्वजनिक गरिएको छ ।
सामाजीक अभियान्ता तथा गीतकार लीला सिंगक लिम्बुको शव्दभावहरुमा गायक तथा संगीतकार एकान्त आङदेम्बे लिम्बुको संगीतमा सजिएको गीत ‘विश्वास’ गायीका सीताकै अफिसियल युट्यूव च्यानल फेदापहाङमा मार्फत सार्वजनिक गरिएको हो ।
प्रेममा विश्वास गरेर जीवन नै सुम्पिदाको परिणाम मन भित्रका दर्दनाक पिडा अनि कुण्ठाहरु पोखिएको गीतको भिडियोमा गायीका सीता सिंगकलेनै अभिनय गरेकी छन् ।
निर्देशक हाङ चेम्जोङको निर्देशनमा, वनेम मिङसाराको मेकअप, सञ्जोग र धिरेनको क्रिउ रहेको भिडियोमा इसाक जबेगुले छायाँकन तथा सम्पादन गरेका छन् ।
राजु कार्कीको संगीत संयोजनमा ए वान म्यूजिसियन स्टुडियोमा रेकर्डिङ गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।
भिडियो हेर्नुहोस