कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त - Mangsebung News
  • बुधबार, असार २५, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा माओवादी केन्द्रका संसदीय दलका नेता कुलप्रसाद केसी ‘सोनाम’ नियुक्त भएका छन् ।

बिहीबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेश प्रमुख शेरचनले बुधबार मुख्यमन्त्रीका लागि दाबी प्रस्तुत गर्न बिहीबार ३ बजेसम्मका लागि दिएको समयमा केसीको मात्रै दाबी प्रस्तुत भएको थियो ।

केसीलाई माओवादी केन्द्रसहित, नेपाली कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले समर्थन गरेका छन् । उनको पक्षमा प्रदेश सभाका ८० मध्ये ४२ जनाले समर्थन जनाएका छन् ।

 

सम्बन्धित खवर