- आन्छुमे नसान
माङसेबुङ । बहु प्रतिभाका धनी लोकप्रिय गायक, गीतकार तथा संगीतकार यादन सेर्मा लिम्बू र लोकप्रिय गायीका जुनी खालिङ राईको सुमधुर आवाजमा सजिएको पुर्वेली लोक भाकाको गीत ‘सिक्किमै फेदी’ सार्वजनिक गरिएको छ ।
गीतकार जस ताम्लिङको शव्द संकलनमा गायक यादन सेर्माकै संगीतमा सजिएको पुर्वेली गीत ‘सिक्किमै फेदी’ यदान सेर्मा अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
मनी ताम्लीङको संगीत संयोजनमा ओपेरा रेकर्डिङ स्टुडियोमा रेकार्ड गरिएको गीतको स्टुडियो लिप्सिङ भिडियोको छायाँकन तथा सम्पादन जीवन मुकारुङ राईले गरेका हुन् ।
भिडियो हेर्नुहोस