- आन्छुमे नसान
माङसेबुङ । कवियत्री तथा गायीका इन्दिरा नेम्बाङ र गायक सुमन लिम्बूको सुमधुर आवाजमा सजिएको लिम्बू भाषाको पालाम ‘अम्लारी कुसिङ’ सार्वजनिक गरिएको छ ।
गायीका इन्दिरा नेम्बाङकै शव्द संकलन तथा लय संकलन समेत रहेको पालम ‘अम्लारी कुसिङ’ पुर्वाञ्चल म्यूजिक अफिसियल युट्यूवबाट सार्वजनिक गरिएको हो ।
पुर्वाञ्चल म्यूजिकको प्रस्तुति रहेको पालामको संगीत संयोजन, रेकर्ड तथा मिक्सिङ रुद्र श्रेष्ठले गरेका हुन् ।
पुर्वञ्चल डिजिटल रेकर्डिङ स्टुडियो इटहरीमा रेकर्ड गरिएको पालामको स्टुडियो लिप्सिङ भिडियोको छायाँकन तथा सम्पादन राकेशवज्रचार्यले गरेका हुन् ।
पालाम हेर्नुहोस