- आन्छुमे नसान
माङसेबुङ । हेर्ने कथाबाट दर्शक स्रोता सवैको प्रिय बनेका सेन्मिखा राईको आवाजमा सजिएको पहिलो गीत ‘हिमालै चुली’ सार्वजनिक गरिएको छ ।
गीतकार कृष्ण बहादुर राईकोमा गायक तथा संगीतकार जितेन बान्तावा राईको संगीतमा सजिएको मौलिक पुर्वेली भाकामा सजिएको मनछुने गीत ‘हिमालै चुली’ जितेन बान्तावा राई अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
जितेन बान्तावा राईको निर्देशनमा सेन्मिखा राईको जीवन शैलि र दैनिक दिनचर्यालाई यथार्थपरक प्रस्तुत गरिएको भिडियोमा स्टार व्यूटि होमको मेकअप रहेको छ भने छायाँकन तथा सम्पादन इसाक जवेगुले गरेका हुन् ।
राजु कर्कीको संगीत संयोजन रहेको गीतलाई लिम्दुमी क्रिएशनमा स्टुडियोमा रेकर्ड गरिएको गीत तथा भिडियोलाई अमला देवि राईले निर्माण गरेका हुन् ।
भिडियो हेर्नुहोस