नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ गते - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

नेपाली कांग्रेसको १४औं महाधिवेशन मंसिर ९ गते

काठमाडौं । नेपाली काङ्ग्रेसको १४औं केन्द्रिय महाधिवेशन आगमी मंसिरमा गर्ने निर्णय गरेको छ ।

शनिबार केन्द्रीय समिति बैठकले मंसिर ९ देखि १३ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने निर्णय गरेको हो ।

आगामी भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसक्नेभएपछि कांग्रेसले तीन महिना पछि सार्दै अर्को महाधिवेशन मिति तोकेको छ ।

बैठकले भदौं २ गतेसम्ममा क्रियासिल सदस्यताको अन्तिम नामावली बुझाउने समय तोकेको छ ।

केन्द्रीय समिति बैठकको निर्णय अनुसार भदौ २ गते नै निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसे कार्यतालिका बनाएको जानकारी प्राप्त भएको छ ।

यसैगरी बैठकले वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकेको छ ।

 

 

सम्बन्धित खवर