काठमाडौ । लिम्बू कथानक चलचित्र ‘थिम्’ मा समावेश गरिएको गीत ‘सरलाइ सर’ सार्वजनिक गरिएको छ ।
गीतकार सागर लेखन तथा बुद्धराज लिम्बुको संगीत रहेको चलचित्रको गीत ‘सरलाइ सर’ को भिडियो सोमबार ‘याक्थुङ फिल्मस’ युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
चलचित्रको गीतमा मनि ताम्लिङ र इन्दु फोम्बोको स्वर रहेको छ । याक्थुङ् फिल्मस प्रा.लि.द्वारा निर्मित चलचित्रमा निर्माताहरु यलम्बर खम्बु, सागर केरुङ, कृष्णराज नेम्बाङ, डिबि खुदाङ र भोजराज साँबा रहेका छन भने लेखक सागर केरुङ, निर्देशक यलम्बर खम्बु, मुख्य साहायक निर्देशक दिनेश माङ्मु, सहायक निर्देशक डिआर हाङ्सरुम्बा, रेगन प्रसाईं,अम्बरबहादुर तुम्बापोको रहेको छ ।
यसैगरि चलचित्रमा छायाँकन बिक्रम डिसि, ड्रोन अपरेटर बिक्रम याम्फु, नृत्य निर्देशक दिनेश माङ्मु, सहायक निर्देशक निङ्वा नेम्बाङ, नृत्य बरदान संगीतालय, गीत सागर केरुङ, संगीत बुद्धराज लिम्बू, स्वर मनि ताम्लिङ, इन्दु फोम्बो, सुनिता थेगिम, सुजन आङ्देम्बे, शृङ्गार सन्तोस रिजाल, प्रकाश मिलन खड्का र ब्यवस्थापक सुबास केरुङ नुनाम रहेका छन ।
पान्थर र ताप्लेजुङको विभिन्न रमणीय, ऐतिहासिक तथा पर्यटकिय स्थलहरुमा छायांकन भएको चलचित्रमा राजकुमार लिङ्देन, बबिता फोम्बो, कृष्णराज नेम्बाङ, सुक्मिता केरुङ,मानदेव जबेगु, निसाम तुम्बापो, नुनाम केरुङ, डिआर हाङ्सरुम्बा, रतन सिगु, आधार घिमिरे, कमल घिमिरे, भिमबहादुर तुम्बापो, कुमार ढकाल, चेतन घिमिरे, राजेन्द्रकुमार जबेगु, बर्षा खवास, सौभाग्य नेम्बाङ, दिनेश केरुङ, बुद्धराज लिम्बू, हिमा नेम्बाङ, माइकल तुम्बापो, सन्देश सुब्बा, बिबस तुम्रोक, डिबि खुदाङ, भीष्म खुदाङ, पबित्रा खुदाङ माबो, एलिसा खुदाङ, जयराम खुदाङ, सम्झना खुदाङ, शुक्र राई लगायतले अभिनय गरेका छन ।
भिडियो हेर्नुहोस