सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी ग¥यो - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सरकारले राजनीतिक दलसम्बन्धी अध्यादेश जारी ग¥यो

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउबा नेतृत्वको सरकारले राजनीतिक दल सम्बन्धी ऐन संशोधन सम्बन्धी अध्यादेश जारी गरेको छ ।

कुनै पनि राजनीतिक दल विभागन गर्नका लागि केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत सदस्य भए पुग्ने गरी अध्यादेश ल्याएको हो ।

मंगलबार बसेको मन्त्रिपरिषद्कोे बैठकले पास गरेको राजनीतिक दलसम्बन्धी अध्यादेशमा संसदीय दल वा केन्द्रीय समितिमा २० प्रतिशत पुर्याएर दल विभाजन गर्न सकिने उल्लेख छ ।

राजनीतिक दल सम्बन्धी ऐन २०७३ मा संशोधन गर्दै अध्यादेश ल्याएको हो । माधव नेपालसँगको छलफलपछि दल विभाजन गर्नका लागि २० प्रतिशत पुग्ने गरी मस्यौदामा प्रतिशत राखिएको हो ।

यो अध्यादेशले माधव नेपाल र महन्थ ठाकुरलाई पार्टी विभाजन गर्न सहज हुनेछ । यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख थियो ।

 

 

सम्बन्धित खवर