अन्तत फुट्यो जसपा : ठाकुर पक्षद्वारा जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ता - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

अन्तत फुट्यो जसपा : ठाकुर पक्षद्वारा जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ता

काठमाडौं । अन्तत जनता समाजवादी पार्टी नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपाल (लोकतान्त्रिक) विधिवतरुपमा निर्वाचन आयोगमा दर्ता भएको छ ।

महन्थ ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा जसपा (लोकतान्त्रिक) दल दर्ता गराएका हुन् । जसको वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । बुधबार ठाकुर पक्ष दल बिहीन भएपछि नयाँ दल दर्ता गर्न आयोग पुगेका हुन् ।

देउवा सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश जारी गरे लगत्तै ठाकुर पक्षका नेताहरु जसपा लोकतान्त्रिक नाममा नयाँ दल दर्ताका लागि निर्वाचन आयोग पुगेको हो ।

जसपा उपेन्द्र यादव पक्षको कार्यकारिणी सदस्यमा राखिएका रेशमलाल चौधरीलाइ जसपा लोकतान्त्रिकको कार्यकारिणीमा पनि राखिएको छ ।

ठाकुर पक्षले नयाँ दलको चुनाव चिह्नमा साइकल प्रस्ताव गरिएको जनाएको छ ।

ठाकुर पक्षका २४ सदस्यीय कार्यकारिणी समितिको नामावली

सम्बन्धित खवर