बागमती प्रदेश : अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री - Mangsebung News
  • मङ्गलबार, जेठ ०१, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बागमती प्रदेश : अष्टलक्ष्मी शाक्य नेपालकै पहिलो महिला मुख्यमन्त्री

माङसेबुङ । बागमती प्रदेशको मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्य नियुक्त भएकि छन् । उनी नेपालकै पहिलो महिला मुख्यमन्त्री बन्न सफल भएकी छिन् ।

मुख्यमन्त्रीबाट डोरमणि पौडेलले आजै दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गरेका थिए ।

बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिएकी छिन् ।

प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले मुख्यमन्त्री शाक्यलाई पद तथा गोपनीयताको सपथ गराएका हुन् ।

नियुक्तिलगत्तै प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्री शाक्यले सपथ लिएकी हुन् ।

 

सम्बन्धित खवर