- आन्छुमे नसान
माङसेबुङ । बाल गायीकाको रुपमा दर्शक स्रोताको मनमा बस्न सफल पछिल्लो पुस्ताकी उम्दा गायीका माङगेन्ना लिम्बूको सुमधुर आवाजमा सजिएको मर्मस्पर्शी गीत ‘दुख्छ मुटु’ सार्वजनिक गरिएको छ ।
गीतकार बिक्रम योङहाङको शव्द तथा गायक तथा संगीतकार लेखनाथ चेम्जोङको संगीतमा सजिएको मर्मस्पर्शी गीत ‘दुख्छ मुटु’ संगीत दर्पण नेपाल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
लेखनाथ चेम्जोङकै संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीतको रेकर्डिङ ओपेरा रेकर्डिङ स्टुडियोमा गरिएको हो ।
निकै लामो समय अन्तरालपछि दर्शक स्रोताहरुको पर्खाइलाई मेट्दै लिरिकल लिप्सिङ भिडियो सहित सार्वजनिक गरिएको गीतको भिडियोको छायाँकन पुष्प किराती राईले गरेका हुन् भने सम्पादन लेख नाथ चेम्जोङले गरेका हुन् ।
भिडियो हेर्नुहोस