काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीमा रहेको भारतमा उपचाररत नेता झलनाथ खनालले जानकारी गराएका छन् ।
नयाँ दर्ता भएको नेकपा एकीकृत समाजवादीलाई खनालको साथ र समर्थन रहेको खनालको सचिवालयले जानकारी गराएको छ ।
सचिवालयले फेसबुकमा लेखेको छ– ‘भारतको नयाँदिल्ली स्थित एपोलो हस्पिटलमा उपचाररत पूर्व प्रधानमन्त्री झलनाथ खनालज्यू नयाँ दर्ता भएको नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को साथ र समर्थनमा रहनुभएको सम्पूर्णमा जानकारी गराउँदछौं ।