सुकबहादुर योङहाङ लिम्बू
फूलहरु जस्तै रहेछ शहिद
बाटा बाटामा
तिम्रो सम्मानका लागि
लडी रहेछन्
फूलहरु
कोपिलाहरु
प्राण त्यागेर
तिमिलाई
दरवार सम्म पु¥याउन ।
तिमि त केवल मिथक रहेछौ
भ्रम रहेछौ
हजारौ
फूलहरुको
कोपिलाहरुको
लास टेकेर
ढोङ्गी बादसाह बन्यौ ।
फूलहरु
कोपिलाहरु
जलेको कथा आलै छ
पत्र पत्र झरेको
कुहिएको कथा ताजै छ ।
के अझै
नासिनै पर्ने ?
बाँच्न पाउने
हाँस्न पाउने
फूलि रहन पाउने
स्वतन्त्रता छैन् ?
के फूलहरुको टाउकोमा
गोली लाग्नै पर्ने ?
बलिदान भनि मर्नै पर्ने ?
फूलहरु जस्तै रहेछ शहिद ।
के तिमी पनि थाके कै हो ? उ वेला
मन दुख्नु पर्ने
मुटु पोल्नु पर्ने
छटपटी हुनु पर्ने
सम्झनाले
यादहरुले
प्रेम कसरी बुझ्न नसकेको उ वेला ?
माया कसरी महसुस गर्न नसकेको उ वेला ?
आज,
सम्झी रहेछु
बाँदर अनि नरिवलको कथा
बाँदर नरिवल खेलाउदा खेलाउदै
थकित भई
नरिवल माथी पिध राख्छ
के तिमी पनि थाके कै हो ? उ वेला ।।
कचनकवल ७ बालुवाडी झापा