सागर केरुङको लिम्बु चलचित्र ‘के’ लाई ‘निफ्फ बेस्ट स्टोरी अवार्ड’ - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सागर केरुङको लिम्बु चलचित्र ‘के’ लाई ‘निफ्फ बेस्ट स्टोरी अवार्ड’

माङसेबुङ । निर्देशक सागर केरुङको निर्देशनमा निर्माण भएक नेपाल आदिवासी चलचित्र (निफ्फ) अवार्डमा लिम्बु चलचित्र ‘के’ ले बेस्ट स्टोरी अवार्ड हात पारेको छ ।

अमेरिकाको न्युयोर्कमा दुई दिनसम्म भएको तेस्रो नेपाल आदिवासी चलचित्र महोत्सवमा सहभागी विभिन्न भाषाका सात वटा चलचित्र मध्ये लिम्बू भाषाको चलचित्र ‘के’ ले बेस्ट स्टोरी अवार्ड जितेको हो ।

नेपाल आदिवासी जनजाति महासङ्घ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महावाणिज्य दूत विष्णुप्रसाद गौतमले संयुक्त रूपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

अवार्ड वितरण समारोहमा विभिन्न १० विधामा पुरस्कार वितरण गरेको थियो । सो क्रममा उत्कृष्ट नायिकामा मगर भाषाको चलचित्र ‘ट्याङचालककी’ नायिका तिला मगरले अवार्ड जितेकी छिन भने नेवारी चलचित्र ‘जा मन गुभाजु’ले उत्कृष्ट चलचित्र, ह्योल्मो जातिको ‘मेटोक’ले उत्कृष्ट छायाँकन र दर्शक रोजाइको पुरस्कार जितेको छ ।

यसैगरि तामाङ जातिको ‘प्रङ्ना’ चलचित्रलाई उत्कृष्ट भेसभुसा पुरस्कार र गुरुङ जातिको चलचित्र ‘मि होर्वै ट’ले उत्कृष्ट सङ्गीत र उत्कृष्ट निर्देशनको अवार्ड हात पारेका छन् ।

पुरस्कार विजेताहरुलाई नेपाल आदिवासी जनजाति महासंघ अमेरिकाका अध्यक्ष लोक चेम्जोङ र न्युयोर्कस्थित नेपाली महाबाणिज्य दूत विष्णुप्रसाद गौतमले संयुक्त रुपमा पुरस्कार हस्तान्तरण गरेका थिए ।

कार्यक्रमका संयोजक तथा फिप्नाका महासचिव नरेन्द्र थापाले महोत्सवलाई सफल बनाउन सहयोग गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई विशेष धन्यवाद दिंदै आगामी दिनमा महासंघले थप सशक्त कार्यक्रम लिएर आउने बताए ।

२७ औँ विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ (फिप्ना) अमेरिकाले आदिवासी जनजातिको भाषा, भेसभुसा, संस्कृतिको संरक्षण र सम्वर्धनमा सहयोग पु¥याउने उद्देश्यले महोत्सव आयोजना गरेको बताइएको छ ।

अवार्ड वितरण समारोहमा युवाहरूको संगीतिक ढुकढुकी गायकद्धय राजु लामा र जगदिस समालले आफ्नो चर्चित गीतहरू प्रस्तुत गरी मध्य रातीमा पनि दर्शकहरूलाई मनोरञ्जन दिएका थिए ।

यस्तै विभिन्न आदिवासी समुदायका सांस्कृतिक झल्किने गीत र नृत्यहरू समेत प्रस्तुत गरेका थिए ।

सम्बन्धित खवर