- आन्छुमे नसान
माङसेबुङ । राई इज किंग उपमाले चिरपरिचित चर्चित गायक राजेशपायल राई र पछिल्लो पुस्ताकी ख्याति कमाएकी लोकप्रिय गायीका सुनिता थेगिम लिम्बुको सुमधुर आवाजमा पुर्वेली लोक भाकामा सजिएको गीत ‘रवि बजार’ सार्वजनिक गरिएको छ ।
प्रवास युकेमा रहेका गीतकार टिका प्रसाद बदछा चाम्लिङ राई शव्द संकलनमा निकेश राईको संगीतमा सजिएको रोमान्टिक पुर्वेली लोक गीत ‘रवि बजार’ निकेश राईको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।
पदम रजन मगरको संगीत संयोजनमा सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ मुस्कान मुकारुङ राईले गरेका हुन् ।
पान्थर र चारखोलाको ऐतिहासिक तथा रमणिय स्थलहरुको वयाण गर्दै अन्तरे र अन्तरीको माया पिरतीको शव्द भावहरु बुनेर शव्द संकलन गरिएको लिप्सिङ भिडियोलाई दुर्गा बान्तावा राई र मनोज राईले छायाँकन गरेका हुन् ।
लिव्जु कलेक्शनमो पहिरनमा टिका प्रसाद बदछा चाम्लिङ राईकै निर्माणमा बनेको गीतको भिडियोलाई नविन घर्ती मगरले सम्पादन तथा कलरिङ गरेका हुन् ।
भिडियो हेर्नुहोस