गोविन्द र मेलिनाको आवाजमा ‘झ्यालको पर्दा’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • बिहिबार, असार २६, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

गोविन्द र मेलिनाको आवाजमा ‘झ्यालको पर्दा’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक गोबिन्द चेम्जोङ र लोकप्रिय गायिका मेलिना राईको आवाजमा सजिएको रोमान्टिक गीत ‘झ्यालको पर्दा’ सार्वजनिक गरिएको छ ।

गीतकार रामजन सुब्बाको शब्द तथा संगीतमा चन्दु गोर्खलीको संगीत संयोजन साथै मिक्सिङ मास्टरिङ रहेको एकास्टिक स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियो टुआरएल डिजिटल अफिसियल युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

टुआरएल डिजिटलको प्रस्तुतिमा शैलेन्द्र थेबे लिम्बूको परिकल्पनामा निर्देशक सोनाम लामाको निर्देशन रहेको भिडियोमा एलिसा राई र प्रदिप लामाले अभिनय गरेका छन् ।

पवन सुसलीङको छायाँकन तथा सम्पादन, सरिता पराजुली, सविना उप्रेती र कमला खापुङको मेकअप रहेको भिडियोमा सुमन थाम्सुहाङ निर्माता रहेको छ ।

प्रदीप लामाको कोरियोग्रफी र स्रीजन रावलको सहायक कोरियोग्रफी रहेको भिडियोलाई हरि बाबु राई (हाकिम)कार्यकारी निर्माता रहेका छन् ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर