१४ औं वडा अधिबेशनबाट कांग्रेस सभापतिमा दुधबहादुर लावती चयन - Mangsebung News
  • शुक्रबार, चैत १६, २०८०
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

१४ औं वडा अधिबेशनबाट कांग्रेस सभापतिमा दुधबहादुर लावती चयन

माङसेबुङ । नेपाली कांग्रेस वडा कार्य समिति माङसेबुङ ५, को १४ औं वडा अधिबेशन सम्पन्न भएको छ ।

शुक्रबार इलामको माङसेबुङ ५, मा सम्पन्न १४ औं वडा अधिबेशनबाट दुध बहादुर लावतीको सभापतित्वमा २१ सदसिय नेपाली कांग्रेस वडा कार्यसमिति माङसेबुङ ५, चयन गरेको छ ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामका सदस्य जुनु माखिम लङवाको प्रमुख आतिथ्यमा तथा नेपाल तरुण दल जिल्ला कार्य समिति इलामका सदस्य रन मान थेबेको बिशेष आतिथ्यमा सम्पन्न अधिबेशनबाट नव निर्वाचित सह सभापतिमा नन्दकुमार सेर्मा, र अगमसिङ लावती, कोषाध्यक्षमा झुमा राई इवारम, सचिवमा भक्तराज सेर्मा र बिष्णुकुमार लिम्बु, सह–सचिवमा आईतराज सङबाङफे र कृष्ण आङदेम्बे चयन भएका छन् ।

यसैगरि सदस्यहरुमा क्रमशः शुवदल सेलिङ, डम्बर वजी, रोजबहादुर चेम्जोङ, तारादेबि रसाईली, चन्द्र सेर्मा, निसा चेम्जोङ, लालकुमारी लाबुङ, बमबिक्रम लिम्बु, सुसिला लावती, सुरेस लावती, राधिका चेम्जोङ, ईन्द्रकुमारी राई र सन्चलाल तुम्सा चयन भएका छन् ।

यस्तै क्षेत्रिय प्रतिनिधिहरुमा, जुनुकुमारी माखिम, हर्कमाया लिम्बु, तारादेवि रसाईली, अम्बिका लिम्बु, निसा चेम्जोङ, सुजता सङमी, दुध बहादुर लावती, धिरेन्द्र आङदेम्बे, मनोज सिवाकोटी, धडकन लिम्बु, शुवदल सेलिङ, बुद्धराम नेम्बाङ, बिष्णु योङहाङ, रनमान थेबे, पदमकुमार लिम्बु, बिजय याखा, दिलिप सेर्मा र आईतराज खजुम लिम्बु चयन भएका छन् ।

नेपाली कांग्रेस वडा कार्यसमिति माङसेबुङ ५, का सभापति आइतराज खजुमको सभापतित्वमा सम्पन्न वडा अधिबेशनले निर्वाचन आयुक्त प्रमुख सुमन आङदेम्बेको संयोजकत्वमा नव कार्य समिति चयन गरेकोको थियो ।

 

सम्बन्धित खवर