विकाश लिम्बूको आवाजमा ‘झस्कायो माइली’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

विकाश लिम्बूको आवाजमा ‘झस्कायो माइली’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । द भ्वाइस अफ नेपालका फाइनलिष्ट लोकप्रिय गायक विकाश लिम्बुको सुमधुर आवाजमा सजिएको पुर्वेली भाकामा सजिएको मारुनी गीत ‘झस्कायो माइली’ सार्वजनिक गरिएको छ ।

गीतकार ममता राई यात्री को शब्द तथा लोकप्रिय संगीतकार डि आर अटुको संगीतमा सजिएको पुर्वेली मारुनी गीत ‘झस्कायो माइली’ ममता राईको अफिसियल युट्यूव च्यानल ममता इन्टरटेन्मेन्टबाट सार्वजनिक गरिएको हो ।

प्रेङक स्टार एलिस राईको निर्देशनमा ममता इन्टरटेन्मेन्टको निर्माण रहेको तथा भिडियोमा एलिस राई, अनुसा राई, प्रकाश नेपाल र देवेन्द्र नेपाल लगायतले अभिनय गरेका छन् ।

बैदेशिक रोजगारीमा रहेको प्रेमी र स्वदेशमा रहेकि प्रेमिकाको माया अनि पिडालाई समेटिएको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाईँको छायाँकन, सन्ध्या पुनको मेकअप तथा विकाश ज्ञवालीको सम्पादन रहेको छ ।

राजु कार्कीको संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ रहेको गीत लिम्दुमी क्रिएशन रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो ।

भिडियो हेर्नुहोस

सम्बन्धित खवर