देशभर थप १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु - Mangsebung News
  • शनिबार, बैशाख ०८, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि, २१ को मृत्यु

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप १ हजार ६ सय ७७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा कोरोना संक्रमणबाट थप २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ८ सय ७९ पुगेको छ ।

मंगलबार देशभरबाट २ हजार ७२ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएका छन् । यससँगै नेपालमा कोरोना जितेर घर फर्कनेको संख्या ७ लाख ३१ हजार पुगेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घन्टामा देशभर ११ हजार १ सय ११ आरटी पिसिआर र ३ हजार ९ सय २३ एन्टिजेन गरी कुल १५ हजार ३४ जनामा परीक्षण गरिएकोमा १ हजार ६ सय ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ ।

यस्तै देशभर ३० हजार ३ सय ३ जना संक्रिय कोरोना संक्रमित छन् । संक्रमितहरूमध्ये २८ हजार ३ सय १४ जना होम आइसोलेसनमा, १ हजार ९ सय ८९ संस्थागत आइसोलेसनमा र २ सय ५८ जना क्वारेन्टिनमा रहेका छन् ।

मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ५ सय १४ जना र भेन्टिलेटरमा १ सय ५४ जना उपचाररत रहेका छन् ।

सम्बन्धित खवर