सेमिहाङ र सुनिताको आवाजमा ‘साम्याङफुङ’ सार्वजनिक (भिडियो सहित) - Mangsebung News
  • शुक्रबार, बैशाख ०७, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

सेमिहाङ र सुनिताको आवाजमा ‘साम्याङफुङ’ सार्वजनिक (भिडियो सहित)

  • आन्छुमे नसान

माङसेबुङ । लोकप्रिय गायक तथा संगीतकार सेमिहाङ सिंगक र लोकप्रिय गायीका सुनिता थेगिमको सुमभुर आवाजमा सजिएको लिम्बू भाषाको प्रेमिल गीत ‘साम्याङफुङ’ सार्वजनिक गरिएको छ ।

गायक सेमिहाङकै शव्द तथा संगीतमा सजिएको निर्देशक युगल पोमुद्वारा निर्देशित लिम्बू भाषाको प्रेमिल गीत ‘साम्याङफुङ’ सेमिहाङ क्रिएसन अफिसियल युट्युव च्यानलबाट मंगलाबर सार्वजनिक गरिएको हो ।

लिम्बू समुदायमा थाङबेन र मेन्छिन मनपरापर भएपछि माया बस्छ र भागेर चोरी विबाह गर्ने संस्कृतिलाई फरक ढंगले प्रस्तुत गरिएको भिडियोमा मौशम इम्बुङ ‘फुलन्देको बाउ’ र रेखा फागोले अभिनय गरेका छन् ।

भुपेन्द्र तुम्बाहाङफेको छायाँकन, लोकेश थापाको मेकअप र दिनेश माङमुको कोरियोग्राफीमा अनिल कुमार महर्जनको सम्पादन तथा कलरिङ रहेको भिडियोमा कलाकार प्रेम सुब्बा र दिनेश माङमुको समेत अभिनय रहेको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजनमा ए वान म्युजिसियन स्टुडियोमा रेकर्ड गरिएको गीतको मिक्सिङ तथा मास्टरिङ किशोर थापाले गरेका हुन् ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर