बागमती प्रदेशका मुख्यमन्त्री शाक्यद्वारा मन्त्रिपरिषद् विस्तार - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

बागमती प्रदेशका मुख्यमन्त्री शाक्यद्वारा मन्त्रिपरिषद् विस्तार

काठमाडौँ । बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरेकि छन् ।

भदौ २ मा बागमतीको मुख्यमन्त्री बनेकी मुख्यमन्त्री शाक्यले ७ मन्त्री र ४ राज्यमन्त्री थप्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएकी हुन् ।

मुख्यमन्त्री शाक्यले भदौ २ गते कृष्ण खनाललाई सामाजिक विकासमन्त्री र केशवराज पाण्डेलाई आन्तरिक मामिला तथा कानुनमन्त्री र भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिएकी थिइन् ।

रचना खड्का आर्थिक मामिला तथा योजनामन्त्रीमा नियुक्त भएकी छन् भने विजय सुवेदी सामाजिक विकासमन्त्री र शान्तिप्रसाद पौडेल उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री बनेका छन् ।

यसैगरी प्रदीपकुमार कटुवाल क्षेत्रीलाई स्वस्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ भने चन्द्र लामालाई भूमि व्यवस्था, कृषि तथ सहकारीमन्त्री नियुक्त गरिएको छ ।

जीवन खड्का भौतिक पूर्वाधार विकासराज्यमन्त्री, सरस्वती बाटी उद्योग राज्यमन्त्री, जुनेली श्रेष्ठ सामाजिक विकास राज्यमन्त्री र बद्री मैनाली भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्रीमा नियुक्त भएका छन् ।

नवनियुक्त ७ मन्त्री र ४ राज्यमन्त्रीले आजै शपथ लिएका छन् ।

सम्बन्धित खवर