देउकृष्णको निर्देशनमा उमेश र विमला अभिनित ‘गाउँ र बेशी’ सार्वजनिक(भिडियो सहित) - Mangsebung News
  • शनिबार, बैशाख २२, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देउकृष्णको निर्देशनमा उमेश र विमला अभिनित ‘गाउँ र बेशी’ सार्वजनिक(भिडियो सहित)

  • आन्छुमे नसान

बैशाक ९, माङसेबुङ । निर्देशक देउकृष्ण लिंखा याक्खाको निर्देशनमा पुर्वेली गित ‘गाउँ र बेशी’ सार्वजनिक गरिएको छ ।

गायकद्वय राजशुक्र लिम्बू र प्रकाश सावदेन तथा गायिकाद्वय टिना खालिङ र स्वस्तिका सावदेनको आवाजमा पुर्वेली लोकभाकामा सजिएको गित ‘गाउँ र बेशी’ को म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

एस.पी. निङलेकुको शव्द तथा राजशुक्र लिम्बूको संगीतमा सजिएको गितको भिडियोमा उमेश राई(फुलेन्देको आमा) र विमला खजुम लिम्बूले अभिनय गरेका छन् ।

पान्थरको रमणियस्थल साधुटार र आसपासमा छायाकंन गरिएको भिडियोमा सुमन तामाङको ड्रोन तथा छायाकंन र कृष्ण सुबेदीको मेकअप र अनिल रानाको सम्पादन तथा कलर रहेको छ ।

अशोक थापाको संगीत संयोजनमा किङग् स्टुडियोमा सुरेश राईले रेकर्ड गरेको गितको मिक्सिङ तथा मास्टरिङ राजु कार्कीले गरेका छन् ।

टिना खालिङको निर्माणमा नेक्स्ट जेनेरेशन इन्टरटेनमेन्टको पोष्ट प्रडक्शनमा सुरेश राई याक्खाको कोरियोग्राफी तथा सजेष्ट घायल उदासी पायल(निश्चल कुलुङ राई)को प्रडक्शन कन्ट्रोल रहेको भिडियो मनोरञ्जन नेपाल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

सम्बन्धित खवर