देशभर थप १ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप १ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि, १४ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६० हजार ८ सय ६ पुगेको छ ।

यसैगरि पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाका कारण थप १४ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यससँगै हालसम्म नेपालमा कोरोनाका कारण १० हजार ९ सय ३ जनाले ज्यान गुमाएका छन् ।

देशभर गरिएको ८ हजार ८ सय ९८ पिसिआर परिक्षणका क्रममा १ हजार ५८ र ३ हजार ४६ एन्टीजेन परिक्षणका क्रममा २ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

देशभर थप १ हजार ८ सय ४५ जना संक्रमित कोरोना मुक्त भएर घर फर्किदा हालसम्म नेपालमा ७ लाख ३५ हजार ६ संक्रमित कोरोनामुक्त भएका छन् ।

हाल २८ हजार ६ सय ७८ सक्रिय संक्रमित आइशोलेशन र २ सय ६१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

सम्बन्धित खवर