देशभर थप ९ सय ९४ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यू - Mangsebung News
  • शुक्रबार, बैशाख १४, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप ९ सय ९४ जनामा कोरोना पुष्टि, १२ जनाको मृत्यू

काठमाडौँ । नेपालमा पछिल्लो २४ घन्टाको अवधिमा थप ९ सय ९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

यसैगरि पछिल्लो २४ घन्टाको अवधिमा थप १२ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको मन्त्रालयले जनाएकोे छ । यससँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० हजार ९ सय ३६ पुगेको छ ।

यस्तै शनिबार देशभरबाट १ हजार ३ सय ६८ जना कोरोना संक्रमणमुक्त भएर घर फर्किएको मन्त्रालयले जनाएको छ । यससँगै मन्त्रालयका अनुसार कोरोना जितेर घर फर्कनेको संख्या ७ लाख ३८ हजार ३४ पुगेको जनाएको छ ।

पछिल्लो २४ घन्टामा देशभर ६ हजार १ सय ३७ आरटी पिसिआर र ३ हजार ७ सय ३ एन्टिजेन गरी कुल ९ हजार ८ सय ४० जनामा परीक्षण गरिएकोमा ९ सय ९४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाल देशभर २७ हजार ३ सय ५५ जना संक्रिय संक्रमित छन् । संक्रमितहरूमध्ये २५ हजार ७ सय ८ जना होम आइसोलेसनमा, १ हजार ६ सय ४७ संस्थागत आइसोलेसनमा र ३ सय १७ जना क्वारेन्टिनमा रहेका छन् ।

यस्तै मुलुकभरका विभिन्न अस्पतलाको आइसियूमा ४ सय ५६ जना र भेन्टिलेटरमा १ सय २२ जना उपचाररत छन् ।

 

सम्बन्धित खवर