पुर्वी स्टार सिजन १ को उपाधि अरुण बराईलीलाई(फोटो फिचर सहित) - Mangsebung News
  • मङ्गलबार, बैशाख २५, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

पुर्वी स्टार सिजन १ को उपाधि अरुण बराईलीलाई(फोटो फिचर सहित)

  • आन्छुमे नसान

बैशाक १४, धरान । गायन प्रतिभा भएर पनि ओझेलमा परेका प्रतिभाहरुको लागि सांगितिक क्षेत्रमा भविश्य स्थापना गर्ने उद्देश्यका साथ संचालन गरिएको पूर्वी स्टार गायन प्रतियोगिताको उपाधी धरानका अरुण बराईलीले चुमेको छ ।

विहिबार धरान १५, स्थित किरात याक्थुङ चुम्लुङको हलमा सम्पन्न ग्राण्ड फिनालेमा पाँच प्रतिस्पर्धीहरुलाई पछि पार्दै वराईलीले पुर्वी स्टार सिजन १ को उपाधि चुमेको हो ।

हाङ अनलाइन म्यूजिक प्रालिको व्यानरमा आयोजना भएको यस गायन प्रतियोगिताको अफिसियल मिडिया पार्टनर तेह्रथुम मिडिया रहेकोे कार्यक्रम संयोजक सुमन सानु कुरुम्बाङले जानकारी दिए ।

मोफसलकै ठुलो गायन प्रतियोगिताको रुपमा रहेको पुर्वी स्टारको विजेता बने सँगै उनले नगद ४ लाख सहित सुनको सिक्री, ट्रफि र प्रमाणपत्र प्राप्त गरेका छन् भने, एउटा गित रेकर्ड गर्ने अवसर समेत पाउने भएका छन ।

यस्तै सिक्किमकी शान्ति लिम्बु फष्ट रनरअप भएकी छिन् । उनले नगद १ लाख ५० हजारको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेकी छन् भने, एउटा गित रेकर्ड गर्ने अवसर समेत पाउने भएकी छन् ।

यसैगरि असामका सागर तामाङ सेकेन्ड रनरअप भएका छन । सेकेन्ड रनरअप भएसँगै तामाङले नगद ५० हजारको साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन् भने, एउटा गित रेकर्ड गर्ने अवसर समेत पाउने भएका छन् ।

प्रदेश नं. १ को ऐतिहासिक शहर धरानबाट संचालन भएको पूर्वी स्टारको चौंथो, पाँचौ र छैटौमा क्रमशः धरानकी फेसना राई, ताप्लेजुङका विनय केदेम र इलामकी स्वस्तिका योङहाङ भएका छन् । उनीहरुले समेत ट्रफी र प्रमाणपत्र प्राप्त गरेका छन्

फिनालेमा प्रमुख अतिथी रहेका धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले विकास भनेको भौतिक पुर्वाधार मात्र नभएर गित संगित क्षेत्रको यी र यस्ता खालका प्रतियोगिताहरु पनि भएको बताए ।

मेयर साम्पाङले शुभकामना मन्तव्य राख्दै गाउँका दुरदराजमा लुकेर रहेका प्रतिभाहरुको लागी पुर्वी स्टार आफ्नो कला र गलालाई अगाडी बढाउने गतिलो माध्यम बनेको बताए ।

‘गित संगितामा कहिले हार र जित हुँदैन’ मेयर हर्क साम्पाङले भने, ‘विजेता सँगै फाईलनमा पुगेका सबै विजयी हुन् । गित संगित क्षेत्रमा सबैको भविष्य राम्रो छ ।’

यस्तै फिनालेमा लोकप्रिय गायक प्रमोद खरेलले दर्शकलाई झुमाएका थिए । उनको प्रस्तुतिमा दर्शकहरु सबै नाच्दै झुमेका थिए । गायक खरेरले म बाँचेकै तिमी सँगै माया लाउन हो, झुमा झुम्कावाली, म बिना कसै सकैलाई मुस्किल छ पोखरामा लगायत आधा दर्जन गितहरु पस्केका थिए ।

फिनालेमा प्रतियोगितामा सहयोग गर्ने संघ संस्था तथा व्याक्तीत्वहरुलाई कदर पत्रका साथै मायाको चिनो प्रदान गरिएको थियो ।

प्रतियोतिाको जजको रुपमा गायक खगेन्द्र याक्सो, गायिका सुनिता थेगिम र गायक कुशल थलङ रहेका थिए ।

प्रतियोगितामा नेपाल र भारतबाट १ सय १३ जनाले आबेदन दिएका थिए ।

हाङ अनलाइन म्यूजिक प्रालिका अध्यक्ष सुमन सानु कुरुम्बाङको अध्यक्षतामा सम्पन्न फिनालेमा स्वागत मन्तव्य सुमन सानु कुरुम्बाङ, औचित्य मन्तव्य पूर्वी स्टार सिजन १ का प्रबन्ध निर्देशक टिआर सेनेहाङको रहेको थियो भने सञ्चालन मेरिना तुम्साले गरेकी थिइन् ।

सम्बन्धित खवर