माङसेबुङ । कलाकार, लेखक, साहित्यकार, तथा गीतकार बहुप्रतिभाका धनि सागर केरुङको शव्द तथा संगीतमा सजिएको लिम्बुवानको जागरणमूलक गीत ‘लि?हानेर आर्जेको’ बोलको अडियो सार्वजनिक गरिएको छ ।
गायक तथा संगीतकार मनि ताम्लिङ र गायीका बबिना राइको सुमधुर आवाजमा सजिएको लिम्बुवानको जागरणमूलक गीत ‘लि?हानेर आर्जेको’ याक्थुङ फिल्मस युटुब च्यानलबाट सार्वजनिक गरिएको हो ।
मनि ताम्लिङको संगीत संयोजन तथा मिक्सिङमा ओपेरा डिजिटल स्टुडियोमा रेकर्ड गरिएको गीतलाई मिना केरुङ, देउमान आङ्बो, देवि थेगुवा लिम्बू, अमिर लावती लिम्बु, आवाज लेक्वा लिम्बू, तुलसी लिम्बू, खगेन नेम्बाङ, युदिप याङ्देम्बा नेम्बाङ, र बिनिता मादेनको संयुक्त लगानिमा निर्माण गरिएको हो ।
गीत सुन्नुहोस