कांग्रेसको सभापतिमा शशाङ्क कोइरालाद्वारा उम्मेदवारी घोषणा - Mangsebung News
  • मङ्गलबार, असोज १२, २०७८
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

कांग्रेसको सभापतिमा शशाङ्क कोइरालाद्वारा उम्मेदवारी घोषणा


नवलपुर / नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्री डा. शशाङ्क कोइरालाले सभापति पदमा उम्मेदवारको घोषणा गरेका छन् ।

शनिबार महामन्त्री कोइरालाले नेपाली कांग्रेस देवचुली नगरपालिकाको पार्टी कार्यालय उद्घाटन गर्दै कुनै पनि हालतमा आफ्नो उम्मेदवारी सभापति पदमा कायम रहने घोषणा गरेका हुन् ।

‘गिरिजा बाबुले जसरी बिराटनगर गएर आफ्नो उम्मेदवारी घोषणा गर्नुभएको थियो, मैले पनि मेरो गृह जिल्ला नवलपुर आएर आज सभापति पदको लागि उम्मेदवारी घोषणा गर्दछु’, महामन्त्री डा. कोइरालाले भने, ‘सकेसम्म सहमतिमा नेतृत्व चयन गर्नुपर्छ भन्ने मेरो धारणा हो, तर, सहमति हुन नसके निर्वाचनबाटै भए पनि नेतृत्व चयन गरेर अगाडि बढ्नु लोकतान्त्रिक पद्धति हो ।’ उनले पार्टीलाई एकढिक्का बनाएर लैजानुको विकल्प नभएकोमा समेत जोड दिएका थिए ।

देवचुली नगरपालिकाको दलदले बजारमा रहेको बीपी स्मृति भवनमा नेपाली कांग्रेस देवचुली नगरपालिकाले पार्टी कार्यालय स्थापना गरेको हो । सो कार्यक्रममा नवलपरासी (बर्दघाट–सुस्तापूर्व) क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यसमेत रहेका उनले आगामी सङ्घीय निर्वाचनमा पनि नवलपुरबाटै निर्वाचन लड्ने समेत घोषणा गरे ।

यसअघिका तीन पटकका निर्वाचनमा यहाँका जनताले आफूलाई जिताएको प्रसङ्ग उल्लेख गर्दै डा. कोइरालाले आगामी निर्वाचनमा नवलपुरवासीले जिताउनेमा आफू विश्वस्त रहेको बताए ।

 

सम्बन्धित खवर