देशभर थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु - Mangsebung News
  • शुक्रबार, असार २०, २०८२
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप ९ सय ११ जनामा कोरोना संक्रमण पुष्टि, १३ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घन्टाको अवधिमा देशभर ९ सय ११ जनामा कोरोनाा भाइरस संक्रमण पुष्टि भएको सरकारले जानकारी दिएको छ ।

यसैगरि कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टाको अवधिमा १३ जनाले ज्यान गुमाएको सरकारले जनाएको छ । यस्तै पछिल्लो २४ घन्टाको अवधिमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या एक हजार चार सय २३ रहेको मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ११ हजार १८ नमुना परीक्षण गर्दा नौ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

सात हजार आठ सय ७८ जनाको पीसीआर नमुना परीक्षण गर्दा आठ सय ३८ जनामा र तीन हजार एक सय ४० एन्टिजेन नमुना परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ देखिएको मन्त्रालयले जानकारी दिएको छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या २६ हजार सात सय ५७ जना छन् ।

यस्तै पछिल्लो २४ घण्टामा १० हजार चार सय ४९ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

सम्बन्धित खवर