देशभर थप १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु - Mangsebung News
  • बिहिबार, बैशाख १३, २०८१
माङ्सेबुङ मासिकको अनलाईन संस्करण

देशभर थप १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि, १६ को मृत्यु

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार ४ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससंगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख ६५ हजार ३ सय ४३ पुगेको मन्त्रालयले जनाएको छ ।

यसैगरि पछिल्लो २४ घण्टाको अवधिमा कोरोनाका कारण थप १६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म नेपालमा १० हजार ९ सय ६५ जनाको कोरोनाका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा थप १ हजार २ सय ६० कोरोना संक्रमित निको हुँदा हालसम्म नेपालमा ७ लाख ४० हजार ७ सय १७ संक्रमित निको भएका छन् ।

देशभर गरिएको १२ हजार ५ सय ३२ पिसिआर परिक्षणका क्रममा १ हजार १ सय ४९ जना र ४ हजार ७ एन्टीजेन परिक्षणका क्रममा ३ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार हाल नेपालमा २६ हजार ६ सय ३० सक्रिय संक्रमित आइशोलेशन र २ सय ६२ जना क्वारेन्टाइनमा छन् ।

सम्बन्धित खवर